तनहुँको मौरीबजारमा पहिरो खस्यो, पृथ्वीराज मार्ग अबरुद्ध


शुक्रबारदेखि आएको निरन्तर वर्षापछि पहिरो खस्दा पृथ्वीराज मार्ग अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार सोमबार बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा पहिरो खसेर पृथ्वीराज मार्ग पुणर्रुपमा अबरुद्ध भएको हो ।

उक्त ठाँउमा स्थानीय, विपद व्यवस्थापन, प्रहरी तथा सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनीसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।