अमेरिकाको हवाई टापुको डढेलोमा मृत्यु हुनेको संख्या ९३ पुग्यो


अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा हालसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको छ भने कयौँ घाइते भएका छन् ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै सर्वसाधारण क्रुद्ध भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै भवनहरू र अस्पतालहरू भत्किएका छन्, र सयौँ विस्थापित भएका छन् ।

अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्शानी भएको बताएका छन् ।

आगलागीबाट भएको क्षतिको पूणर् विवरण आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डि.एन.ए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूणर् बनेको छ ।