मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका-५, सिरिपुरमा आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका ५२ वर्षीय वीरबहादुर परियारको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।