जाजरकोटका एक जना भेरी नदीमा बेपत्ता

सुर्खेत | जाजरकोटमा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु बहादुर चन्द नदीमा खसेर बेपत्ता भएका हुन् ।उनी शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ जाने क्रममा छेडागाड नगरपालिका–१३ गारातारास्थित सुर्खेत छिन्चु जाजरकोट सडकखण्डको छेउबाट चिप्लिएर खस्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।बेपत्ता चन्दको खोजी कार्य शनिबारबाट निरन्तररुपमा भइरहेको छ । तर नदीमा पानीको बहाव बढ्दै गएकाले खोजी कार्यमा केही समस्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए ।