नरदेवीमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका- १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगो केहीबेर अघि निभाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार बिहान करिब ७ बजे आगलागी भएपछि दमकल, पानी ट्याङकर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको हो ।

आगलागीबाट पाँचौँ तल्लाको ढोका र झ्याल क्षति भएको छ भने आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।