
सुर्खेत । हिजो शनिवारदेखि देशभर बर्षा बढेसँगै सुर्खेतमा पनि अविरल बर्षा भईरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदुरपश्चि प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।

बर्षा बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अलट जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको अलर्ट अनुसार बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थानमा जोखिममा रहेका छन् । यस्तै जिखिममा रहेका स्थानहरूका बबई, भेरी र कर्णाली नदीका तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तक रहन आग्रह गरेको छ ।
साथै उक्त स्थानहरूका स्थानीय तहहरूका जनप्रतिनीधिहरूलाई सजक भई तयारी अवस्थामा रहन सूचना जारी गरिएको छ । भनें प्रशासनले उद्धारका लागि सुरक्षा निकायालाई तैनाथ अस्थामा राखेको छ।

वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको तल्लो भू-भाग पनि उच्च जोखिममा पर्ने भएकाले त्यस क्षेत्रका नगरिकहरूलाई सुरक्षित स्थानमा स्थान्त्रण हुन सूचना जारी गरेको स्रोतले उल्लेख गरेको छ ।
यस्तै, मौसमविद्का अनुसार सुर्खेत जिल्ला भर र दैलेखको अधिकाशं भागमा भारी बर्षा जारी रहेको छ। गएरातिदेखि परेको अविरल वर्षा तत्कालै कम हुने संकेत नदेखिएको जनाएका छन् ।
दैलेख, सुर्खेत भन्दा बढी बर्दियाको भागमा बढी बर्षा भइरहेको छ । वर्षा अहिले नै रोकिने स्थिति छैन् । भोलीबाट केही सुधार हुनसक्ने संकेत देखिन्छ।’