म्याग्दीमा प्रहरी चौकी बनाउन स्थानीयले गरे जग्गा दान

म्याग्दीको अन्नपूणर् गाउँपालिका-६ घारका स्थानीयले प्रहरी चौकीको भवन निर्माणका लागिे जग्गा दान गरेका छन् ।

घारका गणेश र शिव खड्काबाट ४ रोपनी २ आना ३ दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले २ रोपनी १० आना १ दाम १ पैसा र शिवले १ रोपनी ७ आना ३ दाम २ पैसा क्षेत्रफलको जग्गा उपलब्ध गराएको जानकारी दिए ।

चलनचल्तीको भाउअनुसार गणेशले २१ लाख ४५ हजार र शिवले १२ लाख ५ हजार मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएको र जग्गा प्राप्त भएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरेको कुँवरले बताएका छन् ।

उक्त ठाँउमा जिल्ला प्रहरी कार्यालय ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् ।

पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।