मकवानपुरमा भिमफेदीमा पहिरोले २ घर पुरिए


मकवानपुरको भीमफेदी गा.पा-२, भैंसेस्थित त्रिभुवन राजपथ सडकखण्डमा अविरल वर्षासँगै खसेको पहिरोले करिब ७० वर्षीय रामकृष्ण देउलाको २ वटा घरमा क्षति पुगेको छ ।

मानवीय र चौपाया क्षति नभएको र उक्त बाटोबाट हेटौंडा-भैंसे-पालुङ-नौबीसे हुँदै काठमाडौँ जाने गरिएकोमा बाटो खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।

उक्त ठाँउमा पहिरो पन्छाउन सडक डिभिजन कार्यालय हेटौंडासँग समन्वय भइरहेको मकपानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उक्त स्थान प्रहरी चौकी भैंसेबाट करिब २ सय मिटर पश्चिम पर्दछ । घटना शनिबार दिउँसो करिब सवा १ बजेको हो ।