गुजरातमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किदा १० जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा शुक्रवार भएको दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि दुर्घटना हुन पुगेको हो ।

गाडीमा सवारहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गगरेका छन् ।