महिला जेसीस वीरेन्द्रनगर द्धारा वत्तृत्वकला प्रतियोगिता सम्पन्न

सुर्खेत | सुर्खेत महिला जेसीस वीरेन्द्रनगर, सुर्खेतद्वारा “तुलसी स्मृती वक्तृत्वकला प्रतियोगिता” आयोजना गरेको छ । “बलियो राष्ट्रका लागि सबल महिला” भन्ने शिर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम एस.ओ.एस.हर्मन माईनर विद्यालयमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा सहभागी बिद्यालय शैनिक आवासिय महा बिद्यालयबाट प्रजिना खड्का प्रथम, सुर्खेत होराइजन एकेडेमीका अस्मिता एडी द्वितिय, अमर ज्योती मावीका तारा भट्टराइ तृतीय, र एसओएसका भावना भन्डारीले चौथो (सान्त्वना) स्थान हासिल गरेको होराईजन एकेडेमीका प्राचार्य घनश्याम खडकाले जानकारी दिए ।

उनले भने यो प्रतियोगिताले बिद्यार्थीहरुका बिचमा आफ्नो तर्क राख्ने क्षमताको बिकास गरेको छ । बिद्यार्थीहरुलाई सबैका सामु बोल्न सक्ने बानीको बिकास गरेको छ । खड्काले सहभागी सबै बिद्यालय लगाएत बिद्यार्थीहरुलाई सहभागी कार्यक्रममा आफ्नो बिद्यालयको तर्फबाट द्धितिय स्थान हासिल गर्ने छात्रा अस्मिता एडीले आफु र बिद्यालय परिवारलाई खुसी दिएको बताएका छन ।