
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र (सर्टिफिकेट) का आधारमा चिकित्सक बनेको आरोपमा पक्राउ पर्नेको संख्या सात पुगेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार बिहान थप दुई जनालाई पक्राउ गरेसँगै हालसम्म पक्राउ पर्नेको संख्या सात पुगेको हो ।
पक्राउ पर्नेमा सुनिल शर्मा, रामबाबु यादव, रञ्जित यादव, एलिना साह, अमित चौधरी, मनित चौधरी र श्रद्धा शिल्पकार रहेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध सीआईबीले थालेको अपरेसन अभियानका क्रममा पक्राउ परेका सातै जनालाई आज सरकारी वकिल कार्यालयमा हाजिर गराउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी प्रमुख सिद्धीविक्रम शाहले जानकारी दिएका छन् ।
यस प्रकरणमा नेपाली कांग्रेसका सांसद् सुनिल शर्मा पनि पक्राउ परेका छन् । बिहीबार दिउँसो पक्राउ परेका सांसद शर्माले भारतको बिहारबाट नक्कली प्रमाण पत्र ल्याएर चीनमा एमबीबीएस पढेको तथ्य खुलेको छ ।