
दोलखामा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सवा ९ बजे बा २ ख ५४२९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दोलखाको मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखामा सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
घाइतेहरूको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेकोे छ ।
बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको थियो ।
