नक्कली शैक्षिक प्रमाणपत्र लिएकाे भन्दै कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

मोरङ, ३ बाट निर्वाचित नेपालि कागे्रसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनिविरुद्ध यसअघि २०७३ सालमा पनि पक्राउ पुर्जि जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो । स्रोतका अनुसार शर्मालाई नक्कली प्रमाणपत्रको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको छ । भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उनले केहि समयअघि सुन तस्करी प्रकरणमा संसदमै नारायणकाजि श्रेष्ठ र अर्थमन्त्रि डा .प्रकासशरण महतोको राजिनामा माग्दै अनुसन्धान गनुपर्ने पनि बताएका थिए । चिकीत्सा क्षेत्रमा काठमान्डौं मेडीकल कलेज र बिराटनगरस्थित नोबेल मेडीकल कलेज संचालन गरेका शर्मा पछिल्लो समय बिबादित बन्दै आएका थिए । उनले हाल छानविनको दायरामा तानिएको प्रमाणपत्र पेश गरेर एमबीबीएस समेत अध्ययन गरेका थिए । सीआईबीले अनुसन्धानमा डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको देखिएको जनाएको छ । सीआईबीले पक्राउ गर्न प्रमाण जुटाएको सुइँको पाएपछि उनी जापान उडेका थिए । त्यसको केही महीनापछि नेतृत्वमा पुग्न प्रहरी अधिकारी बिच हानथाप चल्दा उनी जोगिएका थिए ।

शर्मालाई सिआइबीले पक्राउ गरेको जानकारी दिँदै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ’केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृति दिएका हुन ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन्’?