
बैकिङ् कसूर मुद्दाको एक जना फरार प्रतिवादी लाई आज बिहिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

सुर्खेत जिल्ला अदालतबाट १ वर्ष कैद सजाय कायम भई फरार रहेकी सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बस्ने ३९ वर्षकी टिका बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।
निजलाई वीरेन्द्रनगर नगरपालीका वडा नम्बर ४ रातोपुलबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकी निज प्रतिवादीलाई प्रहरी टोलीले सुर्खेत जिल्ला अदालतमा आवश्यक कानूनी प्रक्रियाको लागि बुझाएको छ ।
