नक्कली सर्टिफिकेट कसुरमा पक्राउ, कांग्रेस सांसद सुनील शर्मा

कांग्रेस सांसद सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।

नक्कली सर्टिफिकेट कसुरमा बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै मेडिकल व्यवसायीसमेत रहेका शर्मालाई सिआइबीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार सांसद शर्मा नक्कली सर्टिफिकेट कसुरमा पक्राउ परेका हुन् । उनका अनुसार सांसद शर्माको ब्याचलर डिग्रीको सर्टिफिकेट नक्कली छ ।