
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ मन्त्रालयमा काम गरिरहेका बेला असजिलो भएपछि बिहीबार बिहान ११ बजे अस्पताल भर्ना भएका छन् ।

गुरूङलाई ‘लो ब्लड प्रेसर’ हुँदा अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री गुरूङको उपचार मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।