२८ तोला सुनसहित एक महिला पक्राउ


पोखरामा २८ तोला सुनसहित एक जना महिला पक्राउ परेकी छन् । उनलाइ बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ रहेकी छिन् । उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन् । उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो ।

बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो । गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन् ।२८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।