
सर्लाहीमा पुलमुनि एक युवकको शव भेटिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका-४ स्थित लखन्देखी पुलमुनि अज्ञात एक युवकको टाउको मात्र फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान खोलाको बगरमा शरीर बिनाको घाँटी रेटिएको अवस्थामा टाउको मात्र देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका हुन् ।
टाउकोको अवस्था हेर्दा भर्खरै मात्र हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । युवकको सोही स्थान वा अन्यत्र हत्या गरेर त्यहाँ टाउको फालिएको बारेमा भने केही खुलेको छैन् ।
युवकको टाउको फेला परेपछि शरीरको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
