
पोखरामा कुखुरालाई दाना दिन जाँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १८, सराङकोट गोठादीकी ३० बर्षिया मेनुका बस्नेत थापा रहेकी छन् । थापाको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको स्थानियले बताएका छन् । थापाको पोष्टमार्टम पछि पोखरास्थित रामघाटमा अन्तेष्टि गरिएको छ ।
