
शनिवार रातिदेखि देशभरका नदीको जलसतह बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार र आइतवार कोशी, कन्काई, कमला र बागमतीका सहायक नदीमा जलसतह सतर्कता तहमा पुग्नसक्ने महाशाखाको पूर्वानुमान छ ।

आइतवार र सोमवार बबई, पश्चिम राप्ती, कणर्ाली, महाकालीका सहायक नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज (बिहीवार) र भोलि (शुक्रवार) भने देशका प्रमुख नदीमा जलसतह केही बढ्ने पूर्वानुमान रहेको छ । कोशी, नारायणी, कणर्ाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह केही बढ्ने महाशाखाले जनाएको छ ।
