संस्थागत विद्यालयको तर्फ बाट भेरिगंगा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र


सुर्खेत— प्याब्सन केन्द्रिय सदस्य कृष्ण शर्मा, कणर्ाली प्रदेश उपाध्यक्ष नोख बहादुर खत्री, होप एकेडेमीकि प्रिन्सिपल मथुरा पोख्रेल लगाएतले भेरिगंगा नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकाल लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा निजी विद्यालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन गर्नपर्ने मागसहित देशै भरि आन्दोलनको कार्यक्रम घोषणा गरिएको बेला नगर प्रमुख ढकाललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयहरूले आफ्ना सम्पूणर् दायित्व फर-फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने, पालिकाले तोकेको सीमाभित्र रहेर शुल्क लिन पाउने, फेरि जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग बिउँताउने लगायतका विधेयकमा भएका विषय संशोधन गर्नु पर्ने लगाएतका बँुदाहरु ध्यानाकर्षण पत्रमा समाबेश गरिएको छ । अहिले विधेयकमा भएका केही बाध्यात्मक प्रावधान संविधानको भावना विपरीत, अव्यावहारिक र दुराशययुक्त रहेकोले आन्दोलन गर्न बाध्य भएको पत्रमा जिकिर गरिएको छ ।