सुर्खेत क्याम्पसमा शिक्षकहरुले लगाएको ताला स्ववियुले फुटाईदियो

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा हिजो मंगलवार आंशिक शिक्षकहरुले लगाएको ताला स्वतन्त्र विद्यार्थी युनियनले फुटाएको छ । मंगलवार क्याम्पसमा अध्यापनरत आंशिकका शिक्षकहरुले आफ्ना विभिन्न मागहरु राख्दै कार्यालय प्रमुख माधवप्रसाद खनालको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

बुधवार बिहान आंशिकका शिक्षकहरुले विद्याथीहरुलाई नपढाएको हुँदा स्ववियुले तालाबन्दी फुटाएको उनको भनाई छ । यता, सुर्खेत बहुमुखी क्याम्पस स्ववियुका सभापति अक्कलबहादुर सिजापातीले परिक्षा आउने बेला नै क्याम्सपमा तालाबन्दी गरेर आंशिकका शिक्षकहरुले पठन पाठन रोकेको हुँदा आफुहरु तालाबन्द फुटाउन बाध्य भएको जानकारी दिए ।