
सुर्खेत । जुम्लामा ७ वटा घरमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले सावर्जनिक गरेको छ । जुम्लाकाे गुठीचौर गाउँपालिका–४ उखाडीका रत्नबहादुर अधिकारीलाई प्रहरीले आज मङ्गलवार सार्वजनिक गरेको हो ।

उनले साउन महिनाको विभिन्न समयमा सात वटा घर, ट्र्याक्टर र अटो रिक्सामा आगजनी गरेको जुम्ला प्रहरीले जनाएको छ ।
साउन ६ गते पक्राउ परेका रत्नबहादुरले आफूलाई कसैले पनि ऋण नदिएको र उधारो नपत्याएका कारण आगजनी गरेको प्रहरी स्रोतले जनाएको छ ।
