जाजरकोटमा ३ दिनको अविरल वर्षाले घर भत्किएपछि राहत वितरण

जाजरकोट । जाजरकोटमा बाढि पिडितलाई राहत वितरण गरिएको छ । वर्षाका कारण जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं-४ को बुढागाउँका गोपाल गिरीको घर क्षति ग्रस्त भएपछि उनलाई राहत सामाग्री प्रदान गरिएको हो ।

वडा नं ४ का अध्यक्ष रामबहादुर सिंहको पहलमा तत्कालै राहात सामाग्री वितरण गरिएको थियो । घटना भएपछि तत्काल आपत्कालिन राहत सामाग्री त्रिपाल, खाद्यन्न तथा लत्ताकपडा लिएर वडाध्यक्ष सिंह पिडित गिरीको घरमा पुगेका थिए ।

साथै, थप राहतको लागि अन्य निकायहरसँग पहल गरेको अध्यक्षले बताएका छन् ।

आज बिहान अविरल बर्षाका कारण गोपाल गिरीको घर भत्किएको थियो ।