
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र अध्यापनरत आंशिक शिक्षकहरुले क्याम्पसमा तालाबन्दी गरेका छन् । साथै, क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी गरेका छन् ।

उनिहरूले आफ्ना बिभिन्न मागहरु पूरा नभए सम्म आन्दोलनलाई निरन्त्रता दिने कार्यक्रमहरु जारी राख्ने बताएका छन् ।
आंशिक प्राध्यापक संघले जारी गरिएको ज्ञापन-पत्रमा अन्य क्याम्पसहरुले आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गरिसकेको भएपनि सुर्खेत क्याम्पसले त्यसतर्फ कुनै चासो नदिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

त्रि.वि.को आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसले आफूहरुलाई उचित पारिश्रमिक र करार नियुक्ती नदिएर आफूहरुको हकको समेत वेवास्ता गरेको ज्ञापनपत्रमा भनिएको छ । उचित पारिश्रमिक र करार नियुक्ती नदिएर आफूहरुको हकको समेत वेवास्ता गरेको ज्ञापनपत्रमा भनिएको छ ।
त्रि.वि. कार्यविधि अनुसार आंशिक प्राध्यापकहरुलाई करार सेवामा व्यवस्थापन गर्नुपर्ने, त्रि.वि. को आंशिक कक्षा सञ्चालन कार्यविधि अनुसारको क्याम्पस प्रशासनले गरेको विभेदपूर्ण व्यवहारको अन्त्य गरिनुपर्ने, पारिश्रमिक १ हप्ता भित्र उपलब्ध गराउनु पर्ने, सुर्खेत बहुमुखी क्याम्पसले खुला गरेको व्यवस्थापन संकायको शिक्षक सहायकको विज्ञापनको प्रक्रिया रोक्नु पर्ने, कोर्ष करार व्यवस्थापन समितिको प्रतिवेदन बमोजिम यस क्याम्पसमा संचालित सबै संकायहरुको कराकर शिक्षण सहायकको एकमुष्ट रुपमा विज्ञापन गर्नुपर्ने र मिडियामा आएका भ्रष्टाचारका विषयको छानविन गर्नुपर्ने तथा दोषिलाई कारवाही गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् ।