सल्यानमा छोराले गरे आमाको हत्या

सल्यान | सल्यानमा छोराले आमाको हत्या गरेका छन् । शारदा नगरपालिका -१३ माथिल्लो सल्यानचौरमा २३ बर्षका नविन भण्डारीले लाठी प्रहार गरी ४८ बर्षिया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलवार विहान पैंयाको लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।

थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ ।