जाजरकोटमा अविरल वर्षाका कारण घर भत्कियो

करिब ४ दिनको अविरल वर्षाका कारण जाजरकोटमा एक घर क्षति ग्रस्त भएको छ ।

आज बिहान जाजरकोटको बारेकोट गाउँपालिका वडा नं ३ को बुढागाउँका गोपाल गिरीको घर क्षति ग्रस्त भएको हो ।

वर्षाका कारण घर भत्किदा पशुधन लाई चोट पटक लागेको छ । अन्नधन नष्ट भएको छ भनें मानवीय क्षति भएको छैन ।हाल गिरीको परिवार कामको शिलशिलामा भारतमा छ ।

घरमा उनका १२ र ८ वर्षीया छोरी मात्र छन् ।