
सुर्खेत । कालिकोटमा एक वृद्धाकाे शव फेला परेको छ । खाँडाचक्र नगरपालिका –२, निवासी ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा फेला परेको हो ।

खाडाचक्र नगरपालिका २ सुनार खोला बस्दै आएकी जैशीको शव नैनामाण्डुको भिर करिव दुई सय मिटर तल अड्कीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कालोकोटले जानकारी दिएको छ ।
प्रारम्भीक अनुसन्धानबाट जैशी भिरबाट लडेको हुनसक्ने प्रहरी स्रोतले अनुमान गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
