सुर्खेत पश्चिममा यातायात व्यवसायीको ज्यादती, नागरिक टिप्परमा यात्रा गर्न बाध्य

विगत ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुने गाउँपालिकामा यातायात व्यवसायीले यातायातका साधन ठप्प पारेका छ्न् । सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले निर्णयनै गरेर चौकुनेसम्म गाडीहरु नलिँदा सुर्खेत पश्चिमका नागरिकले सास्ती भोग्नु परेको हो ।

यातायात व्यवसायीले साधन ठप्प पारिदिएपछि अहिले त्यहाका जनता प्रदेशको राजधानी वीरेन्द्रनगरसम्म पुग्न टिप्परमा यात्रा गर्न बाध्य भएका छ्न् ।

यतायतका साधन संचालनका लागि बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरुले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिप्परमै यात्रा गराउन थालेको गाउँपालिका अध्यक्ष खड्क विकले जानकारी दिएका छन् ।
उनका अनुसार गाडि जान आउन छोडेको ४२ दिन भइसक्यो । बाटो पनि राम्रो छ । बिग्रेको ठाउँमा आफूहरूले नै बनाइदिने भन्दा पनि यातायातका व्यवसायीले वास्ता गरेका छैनन् । त्यसरी सवारी साधन ठप्प गरिदिदा निजी बोलेरोहरुले मनलाग्दी भाडा लुटेका छन् । बिरामी, गर्भवती र जेष्ठ नागरिकलाई अत्यान्त सास्ती भएपछि पालिकाको टिप्परमै नागरिकलाई निशुल्क नागरिकहरुलाई सेवा दिन थालेका हो । त्यहि समस्याले गर्दा नै अब पालिकाले नै गाडी खरिद गर्नेगरी तयारी गरेको अध्यक्षले बताएका छन् । टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनको भनाइ छ ।

यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिप्पर र तेल खर्च गरिने भएको छ । बिरामी भएको १२ दिनसम्म पनि गाडीको बाटो कुर्दा कुर्दै नआएपछि टिप्परमा चढेर वीरेन्द्रनगर जान लागेको चौकुने-७ सान्नेघारीकी १०० वर्षीय बुद्धिसरा सलामी बताउँछिन् । उनले भनिन्, “एम्बुलेन्स बुकिङ गर्न पनि पैसा छैन । उपचार त गर्नैपर्यो नि !”

पालिकालाई दुईवटा टिप्परबाट यात्रुलाई सेवा, दिइएको छ । संयुक्त यातायातको ज्यादतीका विरुद्ध चौकुने गाउँ- पालिकाद्वारा निशुल्क यात्राको ब्यानर टाँगेर पालिकाले नागरिकलाई निशुल्क सवारी साधनको व्यवस्थापन गरिरहेको छ । अध्यक्ष विकका अनुसार पालिकाले शनिबारबाट दुईवटा टिप्पर र आज आइतबारबाट चारवटा टिप्परबाट सेवा दिने तयारी गरिएको छ ।

समस्याको जड भनें राज्य हो । किनेभनें, बराहातल गाउँपालिकाको बड्डिचौरदेखि सुर्खेत पश्चिम गुटु, बिजौरा, बाबियाचौरसम्म पर्ने मदनभण्डारी राजमार्ग अर्तगतको सडकखण्ड बिगत दशकदेखि राज्यको उपेक्ष्यामा परिरहेको छ ।