सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु, एक घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा माेटरसाईकल दुर्घटना हुँदा दुई जनाकाे मृत्युु भएको छ । वीरेन्द्रनगर-२ भुरेली नजिक माेटरसाईकल अनियन्त्रित भएर विद्युतकाे पाेलमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको हाे । एक जना घाइते भएका छन् ।

महावै गाउँपालिका-७ का २३ वर्षिय कृष्ण शाही र २३ वर्षकै शुभकालिका गाउँपालिका- ३ का बिमाेचन विष्ट को मृत्यु भएको छ । सवारमध्य खाँडाचक्र नगरपालिका-५ कालिकाेटका १९ वर्षीय प्रकाश कठायत भनें घाईते छन् ।

उनको उपचारपछि डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरीका अनुसार घटना गएराति करिव १० बजेतिर भएको हो ।