
आज सुनको भाउ घटेको छ। प्रतितोला २ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको सुनचाँदी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० मा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार पनि सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार यसको मूल्य प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला १४६० रुपैयाँमा कारोबार भएको चाँदी आज १४२५ मा कारोबार भइरहेको छ ।