दुर्घटना न्यूनिकरणको लागि कर्णालीमा चालकसँग प्रहरीको १ मिनेट कार्यक्रम

सुर्खेतको जिल्ला प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरणको लागि “चालकसँग १ मिनेट” कार्यक्रम गरेको छ। यस कार्यक्रमको उद्देश्य सुर्खेतस्थित विभिन्न राजमार्गहरूका अस्थाई ट्राफिक प्रहरी पोष्टहरूले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियमको जानकारी गराउने हो । यो कार्यक्रम साउन १५ गते मङ्गलबार गते उद्घाटन गरिएको थियो ।

सुर्खेत-दैलेख रोड, रत्न राजमार्ग, तथा कर्णाली राजमार्गमा अवस्थित अस्थायी प्रहरी पोष्टहरू गोठीकाँडा, कपासे, बाङ्गेसिमल र बबईमा प्रहरीले “चालकसंग १ मिनेट” कार्यक्रम संचालन गरेको थियो। यस कार्यक्रमको माध्यमबाट सार्वजनिक तथा निजि सवारी साधनका चालक, सहचालक तथा सवार यात्रुहरूलाई सवारी दुर्घटना र ट्राफिक नियमको सम्बन्धमा जानकारी गराइएको थियो।

कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसार प्रदेश भरी समग्र सवारी दुर्घटनाको अवस्थालाई हेर्ने गरी गत आ.व. ०७९/०८० मा प्रदेशभरी ५४६ सवारी दुर्घटना भएकोमा १३१ जनाको अकालमै मृत्यु र १ हजार ९० जना घाईते भएकोको जानकारी छ।

कर्णाली प्रदेश अन्य प्रदेशभन्दा भूगोलको अवस्थीतले सवारी यात्राको लागि बढि जोखिमयुक्त मानिन्छ। चालक अनुमति पत्र नभएकाले सवारी चलाउनु, मादक पदार्थहरू सेवन गरेर सवारी चलाउनु, सडकको गुणस्तरको अवस्था कमजोर हुनु, सिट क्षमताभन्दा बढि यात्रु बोक्नु, तिव्र गतिमा सवारी चलाउनु, जहाँपायो त्यहिँबाट बाटो काट्नु, हेल्मेट नलगाई सवारी चलाउनु आदि सावारी दुर्घटना र बढि क्षतिको प्रमुख कारणहरू मानिएको छ।

यस्ता विभिन्न कारणहरूबाट भएका सवारी दुर्घटनालाई कम गर्न र अकालमा हुने मृत्यूबाट आम मानिसहरूलाई जोगाउन को लागि कर्णाली प्रदेश प्रहरीले विभिन्न किसिमका सवारी दुर्घटाना न्यूनिकरण सम्बन्धी समुदायका साथै विद्यालयहरूमा समेत सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।

आ.व. २०७९/०८० मा कर्णालीमा प्रहरीले ट्राफिक सचेतना सम्बन्धी ३ हजार ६ सय ३६ वटा कार्यक्रमहरू गरेर २ लाख ५ हजार ६०५ जनालाई ट्राफिक सचेतना प्रदान गरेको थियो । यसैगरी प्रहरीले ४४ वटा मादक पदार्थ सेवन सम्बन्धी कक्षा संचालनमा २ हजार १५० जनालाई प्रशिक्षित गरिएको छ । जसले दुर्घटना न्यूनिकरण हुने विश्वास पनि प्रकट गरिएको छ ।

कर्णाली प्रदेश प्रहरीले यात्रुहरूको सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि आफ्नो “यात्रु मैत्री अभियान” भनेर विशेष अभियान पनि संचालन गरेको थियो । यसले सार्वजनिकलाई सवारी सुरक्षा मा जागरूक गर्ने लक्ष्यले सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रमको माध्यमबाट सवारी दुर्घटना न्यूनिकरण र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासले यात्रुहरूको सुरक्षा बढिरहेको छ ।