बैतडीमा भत्ता बुझेर फर्किएका एक वृद्ध मृत फेला

बैतडी जिल्लामा चार घण्टाको पैदलयात्रा गरेर भत्ता बुझेर फर्किएका एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ का ७१ वर्षीय धनसिंह भण्डारी मृत फेला परेका हुन् ।

सोमबार भत्ता लिन घरबाट बिहानै वडा नम्बर ३ मा रहेको नबिल बैंक पुगेका भण्डारी घर फर्किने क्रममा बाटोमै मृत फेला परेको वडा नं ६ का वडाध्यक्ष राम सिंह पुजाराले जानकारी दिएका छन् ।

गत वर्ष पनि सिगास गाउँपालिकामा भत्ता लिन ६ घण्टाको पैदलयात्रा गरेर बैंकसम्म पुगेका एक जना वृद्धको बाटोमै मृत्यु भएको थियो ।