
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न दिने भएको छ । सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको एमालेले सदन चल्न दिने र गृहमन्त्रीको जवाफ सुन्ने भएको हो ।
मंगलबार एमालेका सचेतक महेश बर्तौलाले आफ्नो उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विरोध जारी राख्ने बताए ।

बर्तौलाले भने, ‘पहिला सदन चल्न दिन्छौँ । आफ्नो कुरा पनि राख्छौँ । गृहमन्त्रीको जवाफ सुन्छौँ । छानबिन समिति बनाउने कुरा नआएमा फेरि सदन अवरोध जारी रहन्छ ।’एमालेले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्रीकै संलग्नता रहेको आरोप लगाएको छ ।