सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएकोेेे छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका- १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानी रहेका छन् ।

भैँसीलाई नुहाउनका लागि पोखरीमा गएको बेला डुबेर ति दुवै बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना स्थल सुरक्षित राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।