भारतको महाराष्ट्रमा रेलभित्र गोली प्रहार ४ को मृत्यू


भारतको महाराष्ट्रमा गुडीरहेको रेलभित्र गोली प्रहार हुँदा चारजनाको मृत्यु भएको भारतिय संचार माध्यमले जनाएका छन् । सो घटना सोमबार बिहान भएको थियो । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमाथि रेलवेकै सुरक्षामा खटिएका सुरक्षा बल (आरपीएफ) का जवानले गोली प्रहार गरेका थिए ।

ती जवानलाई रेलवे सुरक्षा बलले पक्राउ गरीसकेको छ । पक्राउ गरेर घटनाबारे सोधपुछ भइरहेको रेलवे सुरक्षा बलले जानकारी दिएको छ । घटनामा रेलवे सुरक्षा बलका एकजनाको समेत मृत्यू भएको भारतिय संचार माध्यमले उल्लेख गरेका छन् । उनि सहित ४ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको पालघर भन्नेमा ती जवानले गोली चलाएको भारतीय मिडियामा समाचार प्रकाशित भएको छ ।