कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार प्रहरी जवानको मृत्यु


कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उक्त ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत घाइते भएका थिए।

घाइते कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए । मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउकाको अवस्था गम्भीर रहेको छ ।

डाउका अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत छन् । उनी ४ दिन क्याबी भैपरी आउने बिदामा बसेका थिए ।डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको डिएसपी चन्दले बताए । घटनापछि ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा छन् ।