गुर्भाकोट ४ नम्बर वडा कार्यालयद्वारा माबी सहारे लाई ३१ वटा पंखा हस्तान्तरण

गुर्भाकोट नगरपालिका ४ नम्बर वडा कार्यालयले जनसेवा माबि (९ -१२ ) सहारेलाई पंखा हस्तान्तरण गरेको छ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को आर्थिक बर्ष २०८०/०८१ को लागि बिनियोजन गरिएको बजेट बाट विद्यालयको लागी ३१ वटा पंखा वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले जानकारी दिनु भयो

हाल बिद्यालयमा प्रधानाध्यापकको कोठामा मात्र पंखा रहेको र अन्य कोठामा पंखा नहुदा गर्मीको बेलामा कक्षाकोठामा बसेर पढ्दा बिध्यार्थिलाई असहज भएको महसुस गरि वडा कार्यालयले पंखा उपलब्ध गराएको अध्यक्ष डाँगीको भनाई छ । बिद्यालयमा वडा कार्यालयले पंखा उपलब्ध गराए पछी वायरिङ्गको काम पनि सुरु भएको बिद्यालयका प्रधानाध्यापक भिम बहादुर खत्रीले जानकारी दिनु भयो ।

वडा अध्यक्ष राम बहादुर डाँगी, वडा सदस्य,कृषि प्राबिधिक नेत्र बिक तथा माबि सहारेका बिब्यस अध्यक्ष किरन वलीको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक भिम बहादुर खत्रीलाई पंखा वितरण गरिएको हो। विद्यालयको अबस्था मध्यनजर गर्दै वडा कार्यालयले गरेको सहयोग प्रति बिद्यालय प्रशासनले धन्यबाद ज्ञापन गरेको छ।