साउथ एशियन स्कालर्स एकेडेमी कर्णाली प्रदेश उत्कृष्ट शैक्षिक संस्था – २०८० ले सम्मानित

साउथ एशियन स्कालर्स एकेडेमीलाई कर्णाली प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०” ले सम्मानित गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर-३ स्थित साउथ एशियन स्कालर्स एकेडेमीलाई चन्द्रलोक प्रतिष्ठानले गुणस्तरीय शिक्षामा कर्णाली प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको बताउँदै “उत्कृष्ट शैक्षिक संस्था सम्मान- २०८०” ले सम्मानित गरेको हो ।

चन्द्रलोक प्रतिष्ठानद्वारा काठमाडौमा आयोजित शैक्षिक संस्थामा देखिएका समस्या र चुनौतीहरू बिषयक अन्तर्क्रिया तथा विभिन्न शैक्षिक संस्थान सम्मान कार्यक्रमले उक्त सम्मान प्रदान गरेको हो ।

चन्द्रलोक प्रतिष्ठानले प्रदान गरेको प्रमाण-पत्रमा लेखिएको छ, “प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनिय योगदान गर्दै आईरहेको छ। भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट “उत्कृष्ट शैक्षिक संस्था सम्मान – २०८०” प्रदान गरिएको छ ।”

विद्यालयले गत एसईई परिक्षामा पनि कर्णाली प्रदेशकै उत्कृषट नतिजा ल्याउन सफल भएको थियो ।