भीरबाट लडेर पूर्व जनमुक्ति सेनाको मृत्यु


जाजरकोट, साउन १३ । जिल्लाको नलगाड नगरपालिका-१ चीउरीमा भीरबाट लडेर एक पुर्व जनमुक्ति सेनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा स्थानीय कोदे भीरबाट लडेर पूर्व माओवादी जनमुक्ती सेना ३७ वर्षीय हरिश विकको मृत्यु भएको हो ।
वडाध्यक्ष धर्मेन्द्र महरले शुक्रबार बिहान नजिककैको भिरमा घाँस काट्ने क्रममा लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्र दील्लीमा मृतकको शुक्रबार पोष्टमार्टम गरिएको र शनिबार दाहसंस्कार गरिने वडा अध्यक्ष महरले बताउनुभयो ।
जाजरकोटमा रुख र भीरबाट लडेर वर्षेनी ५० जना नागरिकले अकालमा ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।