
सुर्खेत । कर्णाली अटाेमाेबाईल्स एशाेसिएशन नेपालकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । प्रथम वार्षिक साधारणसभाबाट भद्र भण्डारीकाे अध्यक्षतामा ११ जनाकाे कमिटी चयन गरिएको छ ।

वीरेन्द्रनगरमा आयाेजित साधारणसभा बाट भद्र भण्डारी पुन : चयन गरिएको छ । भनं उपाध्यक्षमा गाेपाल पाैडेल, प्रकाश कुमार शाही र सैयद अव्वर अलि चयन भएका छन् । महासचिवमा इन्द्र बहादुर खड्का, सचिवमा प्रकाश थापा र काेषाध्यक्षमा यामलाल आचार्य चुनिएका छन् । यस्तै, सदस्यहरूमा राजन वली, सुर्य थापा,अर्जुन दाहाल, तेज प्रकाश रिमाल चयन भएका छन् । अध्यक्ष भण्डारीले कृतज्ञता व्यक्त गर्दै लक्ष्मण कँडेल र गणेश बस्नेतलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले पछिल्लो समय आर्थिक मन्दीले अटोमोबाइल व्यवसायमा परेको नकारात्मक असरबारे प्रकाश पारेका थिए । उनले अवस्था सुधार गर्न पहल गर्न सरकारलाई आग्रह गर्दै व्यापारिक हित सम्बोधन गर्न नयाँ कार्यसमिति गठन गर्न आग्रह गरे ।

कँडेलले राज्यको विद्यमान नीति र परिस्थितिले अटोमोबाइल उद्योगको प्रगतिमा बाधा पु¥याएको बताए । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले अटोमोबाइल उद्योगको बारेमा राम्रोसँग बुझ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाल अटोमोबाइल्स एशोसिएसनका केन्द्रीय अध्यक्ष धुर्वबहादुर थापाले व्यवसायीले भोग्नुपरेको आर्थिक चुनौतिबारे सरकारसँग छलफल जारी रहेको र सुधार आउने विश्वास व्यक्त गरे ।
अध्यक्ष थापाले सबै व्यवसायीहरुको भावनालाई ध्यानमा राख्दै सामूहिक रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै कर्णाली आते मोबाइलको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।