कर्मचारीहरुलाई चुस्त बनाउन र जिम्मेवारी बोध गराउन गुराँस गाँउपालिकाले गर्‍यो कार्यसम्पादन सम्झौता

दैलेखको गुराँस गाउँपालिकाले मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । पहिलो चरणमा पालिकाका अध्यक्ष टोप बिसीले प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीसंग कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत केसीले यसपछी आफुले मातहतका शाखा प्रमुख संग सम्झौता गर्ने र शाखा प्रमुखहरुले शाखामा कार्यरत कर्मचारीसंग कार्यसम्पादन सम्झौता गर्ने बताए । आफ्ना मातहतका कर्मचारीलाई डिभिजन क्लियर गरेर कति समयमा कुन काम गरिसक्ने भन्ने क्लियर गर्नका लागि स्थानिए सरकार संचालन ऐनमा ब्यास्था भएअनुसार यो कदम चालिएको अधिकृत केसीले बताएका छन् ।

लाईका खबरसंगको कुराकानीमा अध्यक्ष टोप बिसीले भने पहिले त्यो खालको सम्झौता गर्ने प्रचलन नभए पनी कर्मचारीहरुको कामलाई ब्यवस्थापन गर्न, उनिहरुलाई आफ्नो काम के हो त भनेर कार्यालयले स्पष्ट दिशा निर्देश गर्नका लागि सरकारको कामलाई चुस्त, पारदर्शी र जनमुखी बनाउन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, निजामती सेवा ऐन २०४९ को दफा १५ (२), निजामती सेवा नियमावली, २०५० को नियम ३४ (ख) मा ब्यवस्था भए बमोजिम कार्यसम्पादन सम्झौता गरिएको हाे ।

स्थानिय सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न र उद्धेश्य अनुरुप समयमै काम सम्पन्न गर्नका लागि यो काम बिभाजनको प्रकृया सुरु गरिएको उनले बताए ।

बिगतमा काम र जिम्मेवारीको बाँडफाँड नहुँदा कर्मचारीले काम गर्न खोज्दा खोज्दै पनी अन्यौता सृजना हुने, जिम्मेवारीबाट पन्छिने, एक आर्काको मुख ताक्ने, एक अर्कालाई आरोप लगाउने, पाएको कामबाट पन्छिने, सेवाग्राहिलाई यो मेरो काम होईन भनेर पन्छिने, काम अरुलाई थोपर्ने जस्ता गैर जिम्मेवारी प्रबृत्ती मौलाउदै गएकोले पनी यो बिधी अबलम्बन गरिएको अध्यक्ष बिसीले बताए ।
उनले भने यो सम्झौता गरिसकेपछी अब कार्यसम्पादन मुल्याङकनमा पनी सजिलो हुनेछ । पहिला तजबिजको आधारमा कार्यसम्पादन मुल्याङकन हुन्थ्यो अब प्रत्येकलाई जिम्मेवारी तोकिएपछी त्यो काम कति भयो ? कुन तरिकाले भयो र जनता र सरकार त्यो कामबाट कति लाभान्वित भए त्यो हरेक कर्मचारीले रिपोर्ट दिनुहुनेछ र त्यसको आधारमा कार्यसम्पादन मुल्याङकन हुने छ, कर्मचारीहरु पनी उत्कृष्ट हुनका लागि मन लगाएर काममा खटिने छन र उनिहरुको उचित मुल्याङकन समेत गरिने छ ।

अध्यक्ष बिसीले यो सम्झौता १ बर्षका लागि भएपनी हरेकलाई १ बर्षमा सक्ने काम, ६ महिनामा सक्ने काम, ३ महिनामा सक्ने काम र १ महिनामा सक्ने कामको अलग अलग खाका बनाएर दिईएको छ र कर्मचारीलाई सोही अनुसार परिचालन गरिने र कार्यसम्पादन मुल्याङकन गरिने बताए ।

उनले भने कार्यसम्पादन सम्झौतामा मासिक, त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा हरेक कर्मचारीले कुन कुन जिम्मेजवारी निर्वाह गर्ने र कुन काम कसरी गर्ने भन्ने कुराको एकिन गरेर जिम्मेवारी र कामको बाँडफाँड गरिएको छ । अन्तमा यसैको आधारमा कर्मचारीले रिपोर्ट प्रस्तुत गर्नेछन र सोही अनुसार कर्मचारीको कामको मुल्याङकन पनी गरिने छ ।

पालिकाका उपाध्यक्ष शिवा कुमारी खड्काले पालिका संचालन गर्दा देखिएका हरेक अप्ठेराहरूलाइ यसरी नै ब्यवस्थापन गर्दै जनताका चाहना अनुसार अगाडी बढने बताएकी छन् ।

गुराँस गाँउपालकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र वलीले गाउँपालिका अध्यक्षज्यूले प्रमुख प्रशासकीय अधिकृतलाई आ. ब. २०८०/०८१ को बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि बजेट खर्चको अख्तियारी समेत दिएको जानकारी दिएका छन् ।