प्रहरी श्रीमती संघद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशद्धारा सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । श्रावण ७ गते सुर्खेतको धार्मिक पर्यटकीयस्थल देउतिबज्यै मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

श्रीमती संघ कर्णाली प्रदेशको अध्यक्ष बिन्दु अधिकारीको विशेष सक्रियतामा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्याक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख भिम ढकाल, श्रीमती संघका सचिव शुष्मा शाह, सदस्य बन्दना खड्का, लगाय प्रहरि अधिकृतहरु र प्रदेश, गण, ट्राफिक साथै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत महिला प्रहरी कर्मचारीहरु सहभागी भएका थिए ।

अध्यक्ष बिन्दु अधिकारीले देउती बज्यै मन्दिर सरसफाईले त्यस क्षेत्रको वातावरण स्वच्छ र सौन्दर्यकरण बढि पर्यटन पर्वद्धनमा टेवा पुग्ने बताएकी छ्न् ।

श्रावण ५ गते मात्र गठन भएको श्रीमती संघ कर्णाली प्रदेशले ६ गते सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं. ८ मेहेलकुनामा १ दिने “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रम सञ्चालन गरेको थियो । उक्त शिविरमा स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नि, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएको उक्त शिविरमा ७९६ जना स्थानिय नागरिकले सेवा प्राप्त गरेका थिए । त्यसैगरी अध्यक्ष बिन्दु अधिकारी ढकालले आगामि दिनहरुमा कर्णाली प्रदेशभित्र महिला सशक्तिकरणलाई मूर्त रुप दिनुका साथै विभिन्न सिपमुलक, आय आर्जन र सिर्जनात्मक एवम् जनहित तथा सचेतना अभिवृद्धिका कार्यहरु निरन्तर गर्ने कुरा समेत बताएकी छ्न् ।