
सुर्खेत । वीरेन्द्रनगर-१४ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छ्न् । वीरेन्द्रनगर-१४ राम्चेका ४० वर्षीय गोविन्द दर्लामी भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले विषेश सूचनाका आधारमा उनका घरबाट १ नाल भरुवा बन्दुक फेला परेपछि बन्दुकसहित उनलाई नियन्त्रणमा लिएको हो ।
आईतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले दर्लामीको घरबाट १ नाल भरुवा बन्दुक फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान गर्ने प्रहरी कार्यालय सुर्खेतमा राखिएको हो ।
