सहज न्यायमा पहुँच अभिवृद्धिका लागि दैलेख र कालिकोटका पालिकामा डिजिटल वोर्ड

सुर्खेत । कालिकोट र दैलेखका गरी ३ वटा पालिकामा सहज न्याय पहुँच अभिवृद्धिका लागि पालिकामा डिजिटल वोर्ड राखिएको छ । महिला र सिमान्तकृत समूहको न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत महिला सशक्तिकरण मञ्च नेपालले कालिकोटको खाडाचक्र नगरपालिका, दैलेखको आठविस नगरपालिका र नौमुले गाउँपालिकामा डिजिटल वोर्ड राखेको हो ।

डिजिटल बोर्ड प्रत्येक पालिका का नगरप्रमुख, उप-प्रमुख र न्यायीक समितिको सदस्यहरुको उपस्थितमा पालिकामा डिजिटल वोर्ड राखिएको थियो ।

त्यसरी नगरपालिका आगाडि राखिएका डिजिटल बोर्डमा न्यायीक समितिको क्षेत्राधिकारका जनचेतना मूलक र जानकारी मुलक सन्देश र सूचनाहरू डिजिटल बोर्डमा प्रदर्शित हुने महिला सशक्तिकरण मञ्च नेपाल का अध्यक्ष सुनिता चन्दले बताउनु भयो । अध्यक्ष चन्दले भनें अनूसार वालविवाह,बहुविवाह,छाउपडि र घरेलुहिसाको जानकारी र कानूनी प्राबधानका बारेमा सूचना-सन्देश पर्दशन गर्ने गरी समबन्धित पालिकाहरूसँग समन्वय गरिएको छ ।

साथै पालिकाहरूले न्यायीक क्षेत्रका लागि महिला सशक्तिकरण मञ्चको यस कदम प्रति आभार व्याक्त गरेका छ्न् ।

यस कदमबाट आम नागरिकको न्यायमा पहुँच थप सहज र प्रभावकारी हुने साझेदार पालिका र संस्थाहरूले विश्वास गरेका छ्न् ।

साथै, दैलेखको नौमुले गाउँपालिकाले महिला र न्यायीक समितिमा छुटाएको १३ लाखको बजेत संस्थासँग साझेदारी गरी कार्यक्रम गर्ने प्रतिवद्धतासमेत गरेको छ ।