अछाम मा मलामी बोकेको ट्याक्टर दुघर्टना, एकको मृत्यु, ३५ जना घाइते

अछाम | अछाममा मलामी बोकेको ट्याक्टर दुघर्टना हुँदा १ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ को कालिकास्थानमा पर्ने मध्य पाहाडी राजमार्गको मोडमा मलामी बोकेको ट्याक्टर दुघर्टना हुँदा १ जनाको घटनस्थलमै मृत्यु भएको हो भनें ट्याक्टरमा सवार ३५ जना घाइते भएका हुन् ।

पञ्चदेवल गाउँपालिका सूचना अधिकारी ललित बहादुर बुढाका अनुसार मृत्यु हुनेमा पञ्चदेवल गाउँपालिका वडा नं-६ का बिर्ख बहादुर बिक रहेका छन् । उनले बताए अनुसार वडा नं-२ की एक महिलाको मलामी बोकेको ट्याक्टर दुघर्टनामा परेको थियो ।

सूचना अधिकारीले दिएको जानकारी अनुसार ट्याक्टर चालकले दुघर्टनाबाट हुन् सक्ने थप क्षतिबाट बचाएको बुझिएको छ । घटना स्थलको प्रकृति अनुसार चालकले ट्याक्टरलाई भिरतर्फ जानबाट बचाई भित्ततर्फ मोडेको बुझिएको हो ।

ललित बुढाका अनुसार 4 जना घाइतेको अवस्था गम्भीर रहेको छ भनें सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पुर्याइएको छ ।