पोखरीमा डुबेर दैलेखको चामुण्डाबिन्द्रासैनीका २ बालिकाको मृत्यु

दैलेख । पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर -३ को पानिखाेलामा पाेखरीमा डुबेर ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगरको मृत्यु भएको हो ।

बिहीबार साझ ६ बजेको समयमा उनिहरूकाे पाेखरीमा डुबेर मृत्युु भएकाे नगरपालिका प्रमुख गणेश कुमार शाहीले जानकारी दिएका छ्न् ।

उनिहरूको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको दैलेख प्रहरीले जनाएको छ।