ट्याक्टर दुर्घटनामा दैलेखका एक १९ वर्षीय युवकको मृत्यु

दैलेख । ट्याक्टर दुर्घटनामा दैलेखका एक १९ वर्षीय युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्माकाे उपचारकाे क्रममा शुक्रबार विहान मृत्यु भएकाे हाे ।

भरत सवार गत जेठ ३१ १०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ गाडापानीमा दुर्घटना मा परेका थियो। घाईते भरतको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचार भईरहेको थियो । उपचाररत भरतको आज विहान ५ बजे मृत्यु भएकाे स्रोतले जानकारी दिएको छ ।

दुर्घटनापछि ट्याक्टर अझै फरार छन् भनें, तीन जना गम्भीर घाइते भएका थिए । एक जनाको यस अघि नै मृत्यु भईसकेको थियो ।