गुर्भाकोटमा नाक,कान,घाँटी,तथा हाडजोर्नी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन हुदै

दिलिप ढकाल सुर्खेत
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । नेपाल प्रहरी श्रीमती संघ कणर्ाली प्रदेश सुर्खेतको आयोजनामा तथा गुर्भाकोट नगरपालिकाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

शिविर यहि श्रावण ६ गते शनिवार बिहान ९ बजे देखी गुर्भाकोट नगरपालिका ८ मेहेलकुनाको सिटि हलमा संचालन हुने छ । शिविरमा नाक, कान, घाँटी, दात, हाडजोड़नी तथा जनरल फिजिसियन सम्बन्धी निःशुल्क चेकजाच तथा उपचार हुने आयोजक संस्थाले जनाएको छ ।