
सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषधसहित एकजना पक्राउ परेका छ्न् । पक्राउ पर्नेमा वीरेन्द्रनगर-१२ बस्ने २१ वर्षीय आयुष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

शंकास्पद् अवस्थामा फेला परेपछि प्रहरी टोलीले तलासी लैजादाँ उनको साथबाट ३ पुडिया लागूऔषध फेला पारेको थियो ।
उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप अनुसन्धान गरिरहेको छ ।
